तनहुँमा अबैध लागूऔषध सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

तनहुँमा अबैध लागूऔषध सहित पक्राउ

pakrau

तनहुँ । आँबुखैरेनी गाउँपालिका ४ मुग्लिङ पुल जिपस्थित सडकबाट १० केजी २ सय २० ग्राम अबैध लागूऔषध गाँजा सहित कास्की रुपा गाउँपालिका ७ घर भई पोखरा महानगरपालिका ३२ लेखनाथ बस्ने २८ वर्षीय सुमन परियार समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.१६ प ८२६८ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको गाँजा सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);