दाङमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

दाङमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

दाङ । दाङमा कोरोना सङ्क्रमणबाट बिहीबार थप एक जना पुरुषको मृत्यु भएको छ । लमही नगरपालिका ५ का ५७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा मृत्यु भएको हो । उनको दिउँसो ३ स ५० बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर वलीले जानकारी दिए ।

उनी बुधबार अस्पतालमा भर्ना भइ आइसीयूमा उपचाररत थिए । उनलाई निमोनिया सँगै श्वासप्रस्वास सम्बन्धी समस्या र कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । हाल अस्पतालमा ७ जना कोरोना सङ्क्रमितहरू आइसीयु उपचाररत रहेको अस्पतालले जनाएको छ । यता जिल्लामा बुधबार थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ८० जनामा गरिएको पिसिआर परीक्षणमा १२ जना महिला र १० जना पुरुष गरि २२ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा घोराहीका १७, तुलसीपुरका, राप्ती, राजपुर, बंगलाचुलीका एक र बबईका एक जनामा कोरोना पुष्टि भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

त्यस्तै ११ जना कोरोना मुक्त भएका छन् । त्यसैगरी हाल जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १ सय १२ जना पुगेको छ । ति मध्य एक सय ८८ जना होम आइसोलेसन, १६ जना अक्सिजन सहित ८ जना आइसीयूमा उपचाररत रहेको केन्द्र दाङले जनाएको छ ।

त्यस्तै बैशाख यता जिल्लामा ८ हजार ३३४ जनामा कोरोना पुष्टि भएको छ, भने ति मध्य ८ हजार १५ जना निको भएका छन्, भने २ सय ७ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);