वरिष्ठ कलाकार उत्तम नेपालीको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

काठमाडाैं । वरिष्ठ कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको आज ८५ वर्षको उमेरमा निधन भएको छ। 

मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो । उनि मुटु र स्वास प्रश्वास सम्बन्धि समस्याबाट पिडित थिए।

उत्तम नेपालीले कला क्षेत्रमा विभिन्न उपनाम पाएका छन् । नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार मानिन्छन् । 

उत्तम नेपालीले २०३३ सालमा कविता र कविसहित कला सिर्जना गरी पृथक् प्रदर्शनीको परिचय दिएका थिए । १९९४ सालमा काठमाडाैंमा जन्मिएका उत्तम नेपाली बनारस बसेर पढेका थिए । नेपालीका दुइ छोरीहरू छन्।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);