९० ग्राम यार्सागुम्बा सहित भारतीय नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

९० ग्राम यार्सागुम्बा सहित भारतीय नागरिक पक्राउ

दार्चुला । दार्चुलामा यार्सागुम्बासहित भारतीय नागरिक पक्राउ परेका छन् । खलंगा पुलघाटमा खटिएको प्रहरीले ९० ग्राम यार्सागुम्बा सहित पिथौरागढ जिल्ला धारचुला ग्राम पाङला बस्ने अन्दाजी २३ वर्षीय गणेश सिंह विष्टलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दका अनुसार मंगलवार विहान साढे एघार बजेतिर महाकाली नगरपालिका–४ स्थित नेपाल–भारत जोड्ने खलंगा झोलुंगे पुलबाट यार्सागुम्बासहित पक्राउ परेका हुन् ।

पक्राउ परेका विष्ट र यार्सागुम्बा डिभिजन वन कार्यालयलाई बुझाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);