एजेन्सी । अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन्।
माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरीएको साइबर आक्रमण चीनमाथि आरोप लागेको छ । यो साइबर आक्रमणका कारण कम्तिमा ३० हजार सर्भरहरु प्रभावित भएको थिए।
सोमबारै युरोपियन युनियनले पनि यो आक्रमण चिनियाँ क्षेत्रबाट भएको आरोप लगाएको बीबीसीले जनाएको छ ।
तर चीनले यसअघि लगाईंदै आएका साइबर आक्रमणका आरोपलाई अस्वीकार गर्दै आफ्नो संलग्नता नरहेको नरहेको र आफू सबै प्रकारका साइबर अपराधको विरुद्धमा रहेको बताउने गरेको छ।