जनकपुर–जयनगर रेलको ‘ट्र्याक स्पिड’ परीक्षण सुरु | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

जनकपुर–जयनगर रेलको ‘ट्र्याक स्पिड’ परीक्षण सुरु

धनुषा । जनकपुर–जयनगर रेलको आज रेल्वे ट्रयाकको गति परीक्षण भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वेट्रयाकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम जयनगर–जनकपुर–कुर्था खण्डमा सुरु भएको नेपाल रेल्वे कम्पनीले जानकारी दिएको छ ।

भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्र्याक स्पिड’ परीक्षण सुरु भएको छ । रेल्वे कम्पमी का अनुसार रेल्वेलिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ ।

ट्र्याक स्पिड परीक्षण रेल सेवा सञ्चालन गर्नुपूर्वको महत्वपूर्ण प्रक्रिया हो । स्पिडपरीक्षण गर्दा रेलको स्पिड १२० किमी प्रतिघण्टा हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);