एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार १ सय ५७ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १९ लाख ३६ हजार ७ सय ९ पीसीआर परीक्षणहरुमध्ये ४१ हजार १ सय ५७ मा पुष्टि भएको हो ।
सोही अवधिका कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने पाँच सय १८ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख १३ हजार ६ सय ९ जनाले ज्यान गुमाईसकेका छन् ।
हाल भारतमा चार लाख २२ हजार ६सय ६० सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ४२ हजार ४ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड २ लाख ६९ हजार ७ सय ९६ पुगेको छ ।
भारतमा हालसम्म ४० करोड ४९ लाख ३१ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।