काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । माओवादी केन्द्रले आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई बोलाइएको छ । बैठकमा पछिल्लो राजनीनित घटना क्रमका साथै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल हुने बताइएको छ ।
पछिल्लो समय राजनीतिक घटनाक्रम बढेसँगै पार्टीहरुले बैठकहरुलाई तिब्रता दिएको छ । एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक शुक्रबार बसेको थियो भने कांग्रेसको पदाधिकारी बैठक पनि बसेको थियो ।
त्यसैगरी कांग्रेसले पनि भोलि संसदीय दलको बैठक बोलाएको छ । त्यसैगरी एमालेले भोलि स्थायी कमिटी बैठक र सोमबार केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।