बुटवल । लुम्बिनी प्रदेशमा दुई दिन सम्म कोरोना विरुद्धको खोप लगाईएको छ । साउन १ र २ गते मात्र खोप लगाउने भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा खोप लगाउनेहरुको भिडनै लागेको हो ।
विशेषगरी बैदेशिक रोजगारमा जानेहरुलाई लक्ष्ति गरेर खोप अभियान सञ्चालन गरिएको भएपनि पहिलो दिन ५५ वर्ष भन्दा माथिका बृद्ध बृद्धा, विभिन्न विश्वविद्यालय विद्यालयका शिक्षकहरु , यातायता क्षत्रमा काम गर्ने मजदुरहरु, खोपबाट छुटेका स्वास्थ्य तथा सुरक्षाकर्मीहरुलाई खोप लागाईएको संयोजक सत्य राज शाक्यले जानकारी दिए ।
बैदेशिक रोजगारीमा जानेहरु बाहेकका अरुलाई खोप लगाउन धेरै विकल्पहरु भएकाले दोश्रो दिन भने अन्यलाई लगाइएको छैन । दुई दिनमा झण्डै २ हजार जनाले खोप लगाएका छन्। खोप लगाउन पाएपछि जनतामा खुसी छाएको छ ।