नेकपा माआवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

नेकपा माआवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुँदै

maobadi

काठमाडाैं । नेकपा माआवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ ।

एक मन्त्री र एक राज्यमन्त्री सहित माओवादी केन्द्र आजै सरकारमा जाने भएको हो मन्त्रालयको टुंगो नलागेपनि अर्थ मन्त्रालय वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्री र राज्यमन्त्रीमा सहमति जुटेपछि माओवादी जान तयार भएको बताइएको छ ।

माओवादी केन्द्रले नेता भरत साह मन्त्री र सांसद रुवी कर्ण राज्यमन्त्री बन्ने निर्णय गरिसकेको छ। मन्त्रीहरुको सपथग्रहण कार्यक्रम आज ३ बजेका लागि तय भएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);