काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको छ । एमालेका अध्यक्ष ओली निवास बालकोटमा शनिबार जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र ओलीबीच छलफल भएको हो ।
जसपा अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा बालकोट पुगेका हुन् । आज भएको छलफलमा आगामी संसद अधिवेशन, प्रधानमन्त्रीलाई दिने विश्वासको मतलगायतका विषयमा छलफल भएको सा्रेतले बताएको छ ।
साथै नयाँ प्रधानमन्त्री चयन भएपछि सत्ता सहकार्य गरेका दुई दलबीच आगामी रणनीतिका बारेमा समेत छलफल भएको बताइएको छ ।