माधव नेपाललाई बास्कोटाको सुझाव फुट्नेहरुको हबिगत कहिल्यै राम्रो हुँदैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

माधव नेपाललाई बास्कोटाको सुझाव फुट्नेहरुको हबिगत कहिल्यै राम्रो हुँदैन

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी एकतालाई जोड दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीबाट फुटेकाहरुको हबिगत कहिल्यै राम्रो नभएको बताएका छन् ।

फुटेका माओवादीहरु एकता गर्ने तरखरमा रहेको भन्दै उनले माधव नेपाललाई एमाले एकता कार्यदलले दिएको १० बुँदे सम्झौतासमेत पार्टी अनुमोदन गरेकाले मिल्न सुझाव दिएका छन् । उनले भनेका छन्, ‘दशबुँदे अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्।’विगतमा फुटेको कांग्रेस, राप्रपा पनि मिलेको उदाहरण पेस गर्दै उनले भनेका छन्, ‘फैसलाले एमाले सक्किने भए ०५२ मै सकिन्थ्यो ।

यो राजनीती हो।कोही चोइटिएर पनि सकिँदैन।देउवाले कांग्रेस फुटाए, पार्टी चलेन, मूल पार्टीमै फर्किए । वामदेवको त्यही कथा दोहोरिएकै हो, वैद्य करिब करिब उस्तै भो। दशबँदे अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन भन्दै नेता कास्कोटाले चेतावनी दिएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);