छठपछि नारायणगढ–मुग्लिन सडकमा पुनः यातायात रोकेर काम गरिने | ईमाउण्टेन समाचार

Our Network

पुष १ २०८१, सोमबार

छठपछि नारायणगढ–मुग्लिन सडकमा पुनः यातायात रोकेर काम गरिने

चितवन, ८ कात्तिक । छठ पर्व पछि नारायणगढ–मुग्लिन सडक खण्ड निर्माण कार्य पुनःदिउँसोमा यातायात रोकेर गरिने भएको छ । वर्षा र चाडपर्वको समय आएकाले दिउँसोमा सवारी साधन रोक्न छाडिएको थियो ।

अब सवारी रोकेर काम गर्नेबारे स्थानीय प्रशासनसँग छलफल गरेर अघि बढिने नारायणगढ मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवले बताए ।

ठेकेदार कम्पनीले दैनिक आठ घण्टा सवारी रोकेर काम गर्न माग गरेपनि छ घण्टासम्म रोकेर काम अगाडि बढाउने तयारी भइरहेको यादवले बताए । यसअघि वर्षा शुरु हुनुपूर्व दैनिक आठ घण्टा सवारी साधन रोकेर काम गरिँदै आएको थियो ।

आउँदो अप्रिलमा यस सडक खण्डको निर्माण शुरु भएको तीन वर्ष पुग्दैछ । हालसम्म ५७ प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजना प्रमुख यादवले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);