माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विप्लवबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विप्लवबीच भेटवार्ता

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।कांग्रेस नेतृत्वमा गठबन्धनको नयाँ सरकार बनेसँगै खुमलटारस्थित प्रचण्ड निवास पुगेर विप्लवले प्रचण्डसँग आज भेटवार्ता गरेका हुन् ।

विप्लव समूहले केपी ओली सरकारसँग शान्ति प्रक्रियामा आउने सम्झौता गरेका थिए । तर सम्झौता बमोजिम पक्राउ परेका नेता कार्यकर्ता रिहा नभएको विप्लव समूहले गुनासो गर्दै आएको छ। सर्वोच्चले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने परमाआदेश जारी गरेसंगै अहिले प्रधानमन्त्री शेरबहादुर देउवा बनेका छन् ।

यहि सेरोफेरोमा नेकपा माओवादी केन्द्र पनि सरकारमा सामेल भएको हो । उनिहरुबीच आज के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।

Leave a Reply