भारतमा एक वर्षपछि भौतिक रुपमा मन्त्रिपरिषद् बैठक बस्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भारतमा एक वर्षपछि भौतिक रुपमा मन्त्रिपरिषद् बैठक बस्यो

india jhanda

एजेन्सी । भारतमा एक वर्षपछि भौतिक रुपमा मन्त्रिपरिषद् बैठक बसेको छ । कोरोना भाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रुपमै बसेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मन्त्रिपरिषदमा व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा बैठक गरेका हुन । बैठकमा विषेश गरेर आगामी संसद अधिवेशनबारे छलफल भएको बताइएको छ । भारतको संघीय संसदको वर्षे अधिवेशन यही जुलाई १९ मा सुरु भइ अगस्ट १३ मा अन्त्य गर्ने तय भएको छ ।

बैठकमा प्रधानमन्त्री मोदीले कोरोना भाइरसको महामारी न्यूनीकरणका लागि भइरहेको काम र आगामी योजनाबारे पनि छलफल भएको जनाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);