एमाले विभाजन रोक्ने प्रयासमा लागेको भन्दै धम्की : एमाले नेता रावल | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८१, शनिबार

एमाले विभाजन रोक्ने प्रयासमा लागेको भन्दै धम्की : एमाले नेता रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूलाई एमाले विभाजन रोक्ने प्रयासमा लागेको भन्दै केही राजनीति दलका नेताहरुले धम्की दिएको बताएका छन् ।

उपाध्यक्ष रावलले बुधबार एकविज्ञप्तिमार्फत आफूले एमाले एकता गर्न लागिपर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार गरिएको बताएका हुन् ।

उपाध्यक्ष रावलले आफू असर २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा बालुवाटार गएको कुरा माधव कुमार नेपाल र रघुजी पन्तालाई समेत जानरकारी भएको स्पष्ट पारेका छन् ।

उनले नेपाल निवास कोठेश्वरमै भएको समयमा विष्णु पौडेलले फोन गरेको र उक्त फोन वार्तामा आफूले रघुजी पन्तसहित बालुवाटार आउने जवाफ दिएपनि एक्लै आउन आग्रह गरेपछि एक्लै गएर पार्टी एकताको विषयमा प्रधानमन्त्रीसंग छलफल गरेको उल्लेख गरेका छन्।

उपाध्यक्ष रावलले आफूलाई कसले धम्की दिएको भन्नेबारेमा भने खुलाउन चाहेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);