काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँगै चारजना मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् ।
प्रधानमन्त्री देउवाले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रीहरूले पनि शपथ लिएका हुन्।
शपथ लिनेमा कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की न्याय कानुन तथा संसदीय मामिला तथा माओवादीका पम्फा भुसाल उर्जा र जनार्दन शर्मा अर्थमन्त्री रहेका छन् ।