जनादेश मेरो पक्षमा, परमादेश देउवाको पक्षमा : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

जनादेश मेरो पक्षमा, परमादेश देउवाको पक्षमा : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा आलीले जनताको जनादेश आफ्नो पक्षमा भएको भए पनि परमादेश शेरबहादुर देउवाको पक्षमा भएको बताएका छन् ।

मंगलबार बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै ओलीले भने–‘जनताको जनादेश मेरो पक्षमा थियो, परामादेश शेरबहादुर देउवाजीको पक्षमा छ ।’

अदालतको परमादेशका कारण आफू सरकारबाट बाहिरिनु पर्ने उनले बताए । सरकारबाट बाहिरिन परे पनि आफूलाई रतिभर चिन्ता नभएको उनको भनाई छ ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटनलाई बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

नवनियुक्त प्रधानमन्त्रीको शपथ मंगलबार साँझ ६ बजे राष्ट्रपति कार्यालयमा तय भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);