सुरक्षामा खटिएका प्रहरीद्वारा नै उच्च अदालत इलामकी कर्मचारीको हत्या | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

सुरक्षामा खटिएका प्रहरीद्वारा नै उच्च अदालत इलामकी कर्मचारीको हत्या

टिका खतिवडा,
इलाम । उच्च अदालत विराटनगर इलाम इजलास इलाममा कार्यरत मृत भेटिएकी बिमलादेवी पराजुलीको हत्या सुरक्षामा खटिएका प्रहरीले गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो ।

सोमबार कार्यालय परिसरकै बलेँसीमा मृत फेला परेकी बिमलाको हत्या नामसालिङमा दरबन्दी रहेर हाल मुख्य न्यायाधिशकै सुरक्षा गार्डका रुपमा कार्यरत प्रहरी युवराज बानियाले गरेको खुलेको छ । प्रहरीले बानियाको पद भने खुलाउन चाहेन । तर बानिया असइ रहेको बताइएको छ ।

मुख्य न्यायाधिस हाल बिदामा रहेकाले सो कोठाको चाबी सुरक्षा गार्ड बानियासँग नै रहेकाले सो स्थानमा घटना घटेको हुन सक्ने अनुमान प्रहरीको छ ।

अभियुक्तलाई सोमबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार धनकुटा होलीखर्क ५ घर भइ इलाममा कार्यरत अभियुक्त बानिया र मृतक कर्मचारी बीच लामो समयदेखी सम्बन्ध रहेको खुलेको छ । उनीहरु बीच पैसाको बार्गेनिङ भएको बानियाको बयान उदृत गर्दै प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।

मृतक महिलाको दाहिने नाडीमा चोट भएको बताइएको छ । बयानमा अभियुक्त बानियाले घाँटी थिचेर मारेको बताएको पनि प्रहरी प्रमुख श्रेष्ठले बताए । कार्यालय समयपछि सबै आफ्नो घरतर्फ गएपनि मृत फेला परेकी महिला उच्च अदालत भित्रै रहेको तरकारी बारी तर्फ गएको बताइएको छ ।

दुई जना बीच भनाभन भएको र घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । मृतक महिलाले लगाएको करिव दुई तोलाको सिक्रि समेत अभियुक्त बानिया बस्ने ठाउँबाट बरामत गरिएको छ । मुख्य न्यायाधिस बस्ने क्वाटरको कोठामा घटना घटाई घिसारेर लगेर बलेँसीमा फालेको अभियुक्त बानियाले दिएको बयानमा खुलेको छ ।

घटना पश्चात नै जिल्ला प्रहरी कार्यालय इलामले अभियुक्त तथा प्रहरी बानियालाई नियन्त्रणमा लिएको थियो । तर थप अनुसन्धानका लागि संघिय प्रहरी इकाइ धरानबाट कुकुर ल्याएइएको थियो ।
अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया विमला देबी पराजुली केही समय अघिदेखी उच्च अदालत इलाम बिराटनगर इजलासमा कार्यरत थिईन् ।

अर्धनग्न अवस्थामा फेला पर्नु भएकी उनी अदालतकै बलेँसीमा घोप्टो अवस्थामा फेला परेकी थिईन् । अभियुक्त बानियाले हत्या गरेको स्विीकार गरे पनि बलत्कार नगरेको प्रहरी समक्ष दिएको बयानमा बताएका छन् । यसका बिषयमा समेत अनुसन्धान भइरहेको जनाइएको छ ।

स्थानिय तथा महिला अधिकारकर्मीहरुले २४ घण्टा सुरक्षा हुने ठाउँ र अदालत भित्र नै यस्तो घटना घटेकोमा चिन्ता ब्यक्त गर्दै आएका छन् । प्रहरी कार्यालय नजिकै र सुरक्षामा खट्ने प्रहरीबाट नै महिला असुरक्षित हुनुपरेको भन्दै थप चिन्ता ब्यक्त गरेका छन् ।

तर यता इलामका प्रहरी प्रमुख श्रेष्ठले भने कसैको अपराधिक मनसाय नियन्त्रण गर्न नसकिने बताए । उनले यस्ता ब्यक्तिलाई सजाय दिलाउन प्रहरीले कुनै कन्जुस्याई नगर्ने समेत दावी गरे ।

महिलाको शारिरिक परिक्षण गरि पोष्माटमका लागि शब बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइ सकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);