एजेन्सी । इटालीले रोममा युरोकप जितेको खुशीयाली मनाउने क्रममा एक जनाको मृत्यु र कयौं घाइते भएका छन् ।
२२ वर्षीय एक युवकको विजयी उत्सवमा सहभागी हुन शहर तिर जाँदै गर्दा क्यालटागिरोनमा कार दुर्घटनामा परि मृत्यु भएकाे हाे ।
इटालीको वित्तिय राजधानी मिलानमा १५ जना घाईते भएकाे र तीन जनाको अवस्था गम्भीर रहेकाे छ । ती मध्ये एउटाले तीनवटा औंलाहरू अतिशबाजीको क्रममा गुमाएकाे छ ।