काठमाडौं । नेपाली कांग्रेसको पूर्वमहामन्त्री प्रकाशमान सिंहले आज फेरि विधिको शासनको जित भएको बताएका छन् ।
नेता सिंहले सर्वोच्चको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाप्रति प्रतिक्रिया दिंदै आज फेरि विधिको शासनको जित भएको बताएका हुन् । उनले अधिनायकवाद विरुद्ध नेपाली जनताको जित भएको र सर्वसत्ताबादको पराजित भएको बताएका छन् ।
सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो ।