एजेन्सी । भारतमा दैनिक कोरोना भाइरस संक्रमित हुनेको संख्या ४२ हजार ७ सय ६६ पुगेकाे छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ४५ हजार २ सय ५४ सहित भारतमा संक्रमणमुक्त हुनेको जम्मा संख्या दुई करोड ९९ लाख ३३ हजार ५ सय ३८ पुगेका छन् ।
भारतमा हाल ४ लाख ५५ हजार ३३ सक्रिय संक्रमित रहेका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ६ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख ५ हजार १ सय ४५ पुगेको छ ।
भारतमा हालसम्म ३७ करोड २१ लाख ९६ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।




