एजेन्सी । सन् २०२२ मा हुने एसियाली फुटबल महासंघ एएफसी महिला एसियन कपका लागि छनोट खेलहरू भारतमा हुने भएका छन् । मंगलबार एएफसीले महिला एसियन कपको छनोट खेल भारतको मुम्बईस्थित अँधेरी स्पोर्ट्स कम्प्लेक्स र पुनेको वेलवाडीस्थित शिव छत्रपति स्पोर्ट्स कम्प्लेम्समा हुने टुंगो लगाएको हो ।
कोरोना भाइरसको महामारीको कारण टोलीले कमयात्रा गरून भनेर नयाँ स्थान तय गरिएको एएफसीले बताएको छ । प्रतियोगिताका बेला सबैको स्वास्थ्य जाँच लगायतको नियम राखिनेछ । जनवरी २८ देखि फेब्रेअरी ६ सम्म हुने प्रतियोगितामा मुम्बईको तीनवटा स्टेडियम प्रयोग गरिनेछ ।
एसियन कप फुटबलको छनोटमा सहभागी हुने २८ टिमलाई ८ समुहमा विभाजन गरिएको छ । समूह विभाजन अनुसार समूह एफ मा रहेको नेपालले घरेलु मैदानमा छनोट खेल खेल्नेछ । नेपाल रहेको समूह एफमा हङकङ र फिलिपिन्स रहेका छन । छनोट चरणका खेलहरु दशरथ रगंशालामा गराउने योजना एन्फाको छ ।