काठमाडौं । जनता समाजवादी विधार्थी युनियनले सुजिता भण्डारीको मृत्युबारे सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।
समाजवादी विधार्थी युनियनले मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दे घटनाले गम्भीर आशंका पैदा गरेकाले सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न सरकारसंग जोडदार माग गरेको हो ।
असार ११ गतेबाट बेपत्ता भएकी भण्डारीको शव आइतबार राप्तीको जंगलमा फेला परेको थियो ।
अध्यक्ष रूपनारायण श्रेष्ठले एक विज्ञप्ति सार्वजनिक गर्दे भण्डारीले आफू अपहरणमा परेको बताएको र हारगुहार गर्दा पनि सकुसल उद्धार हुन नसक्नुले घट्ना जटिल प्रकृतिको हुन सक्ने बताएका छन् ।
‘हराएकी युवतीले आफू अपहरणमा परेको र आफूलाई बचाउन रुँदै हारगुहार गर्दासमेत सकुशल उद्दार गर्न नसक्नु, जङ्गलमा मृत भेटिनुले गम्भीर संसय र प्रश्न जन्माएको छ । ‘
न्यायको लागि निरन्तर आवाज उठाउने सङ्गठन समाजवादी विद्यार्थी युनियनले सुजिता भण्डारी मृत्यु प्रकरणलाई राज्यले छानविन गरी चाँडोभन्दा चाँडो दोषीलाई कानुनी कठघरामा उभ्याउन जोडदार माग गर्दछ भनि विज्ञप्तिमा उल्लेख गरेको छ।