सुजिता भण्डारीको मृत्युबारे सत्यतथ्य अनुसन्धान गर्न समाजवादी विधार्थी युनियनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

सुजिता भण्डारीको मृत्युबारे सत्यतथ्य अनुसन्धान गर्न समाजवादी विधार्थी युनियनको आग्रह

काठमाडौं । जनता समाजवादी विधार्थी युनियनले सुजिता भण्डारीको मृत्युबारे सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।

समाजवादी विधार्थी युनियनले मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दे घटनाले गम्भीर आशंका पैदा गरेकाले सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न सरकारसंग जोडदार माग गरेको हो ।

असार ११ गतेबाट बेपत्ता भएकी भण्डारीको शव आइतबार राप्तीको जंगलमा फेला परेको थियो ।

यो पनि पढ्नुहोस

९ दिन देखी बेपत्ता सुजिताकाे शव फेला

अध्यक्ष रूपनारायण श्रेष्ठले एक विज्ञप्ति सार्वजनिक गर्दे भण्डारीले आफू अपहरणमा परेको बताएको र हारगुहार गर्दा पनि सकुसल उद्धार हुन नसक्नुले घट्ना जटिल प्रकृतिको हुन सक्ने बताएका छन् ।

‘हराएकी युवतीले आफू अपहरणमा परेको र आफूलाई बचाउन रुँदै हारगुहार गर्दासमेत सकुशल उद्दार गर्न नसक्नु, जङ्गलमा मृत भेटिनुले गम्भीर संसय र प्रश्न जन्माएको छ । ‘

न्यायको लागि निरन्तर आवाज उठाउने सङ्गठन समाजवादी विद्यार्थी युनियनले सुजिता भण्डारी मृत्यु प्रकरणलाई राज्यले छानविन गरी चाँडोभन्दा चाँडो दोषीलाई कानुनी कठघरामा उभ्याउन जोडदार माग गर्दछ भनि विज्ञप्तिमा उल्लेख गरेको छ।

Leave a Reply