काठमाडौं । उपप्रधानम तथा गृहमन्त्री विष्णु पौडेलले प्राकृतिक विपद्मा परेका नगारिको उद्धारका लागि सरकार गम्भीर भएर लागि परेको बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दे गृहमन्त्री पौडेलले सरकार मानविय प्रश्नमा राजनीति गर्न नचाँहेको भन्दै उद्धार तथा राहतमा गम्भीर भएर लागिपरेको बताएका हुन् ।
प्राकृतिक प्रकोपसँग मानवियता जोडिएको भन्दै उनले विपद्को समयमा नागरिको उद्धारका लागि सरकार तथा अन्य नागरिको पनि उतिकै दायित्व भएको बताएका छन् । सरकार अहिले नेपाललाई कसरी स्थायीरुपमा बाढी पहिरोबाट जोगाउन सकिन्छ भनेर भूविज्ञहरुसंको छलफलमा रहेको उल्लेख पनि उनले गरेका छन् ।
त्यस्तै, बैठकमा सांसद्हरुले अस्मिता धामीको हत्याबारे स्पष्ट जवाफ माग गरेपछि गृहमन्त्री पौडेलले धामीको हत्याको अनुसन्धान प्रकृया अघि बढिसकेको र सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको आश्वासन दिएका छन् ।