मलेसियामा नेपाली र इण्डोनेसियन कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु, ३३ गम्भीर घाईते | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

पेनाङ, ७ कार्तिक । मलेसियाको पेनाङ शहरमा आज बिहान सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेसियन कामदार बोकेका बस जुध्दा आठ जनाको मृत्यु भएको छ। बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भिर घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

मृत्यु हुनेहरुको नाम खुलाइएको छैन् । मृत्यु हुनेहरु अधिकांश नेपाली कामदार बोकेको बसमा सवार रहेको बताइएको छ। मृत्यु हुनेहरू कुन देशका कति नागरिक भन्नेमा अहिलेसम्म मलेसिया प्रहरीले केहि जानकारी दिएको छैन।