टाईटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र एक सय २६ हजार पाउन्डमा विक्री | ईमाउण्टेन समाचार

Our Network

साउन २२ २०८३, शनिबार

काठमाडौँ, ७ कार्तिक । बेलायती पानीजहाज टाईटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र विश्व किर्तिमानी मुल्यमा लिलामीमार्फत विक्री भएको छ। टाईटानिकमा यात्रा गरिरहेका अमेरिकी व्यापारी ओस्कार होल्भरसनले लेखेको उक्त पत्र १ लाख २६ हजार पाउन्डमा विक्री भएको बताईएको छ।

होल्भरसनले उक्त पत्र टाईटानिक डुब्नभन्दा अघिल्लो दिन सन् १९१२ अप्रिल १३ मा लेखेको हुनाले विश्वप्रसिद्ध पत्रमध्येको एक हो। यो मात्रै एउटा त्यस्तो पत्र हो जुन एट्लान्टिक महासागरमा पुगेर पनि जोगिएको थियो।

समुन्दी पानीका दाग लागेको उक्त पत्र लिलामीमार्फत् पत्र किन्न फोनबाट निवेदन दिएका बेलायती खरिदकर्तालाई विक्री गरिएको छ। लिलामकर्ता एन्ड्रिजले ती अज्ञात खरिदकर्तालाई ईतिहासको एउटा महत्वपुर्ण सामाग्री बटुलेको मान्छेको संज्ञा दिएका छन्।