एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४४ हजार ८४ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा ७ सय ३८ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । भारतमा हालसम्म ४ लाख १ हजार ५० संक्रमितको मृत्यु भईसकेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ५७ हजार ४ सय ७७ सहित भारतमा संक्रमणमुक्त हुनको जम्मा संख्या दुई करोड ९६ लाख ५ हजार ७ सय ७९ पुगेको छ ।
भारतमा हाल ४ लाख ९५ हजार ५ सय ३३ सक्रिय संक्रमित रहेका छन् ।
भारतमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३४ करोड ४६ लाख ११ हजार नाघिसकेको छ ।