सुरु भयो राष्ट्रियसभाको आठौं अधिवेशनको पहिलो बैठक | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

सुरु भयो राष्ट्रियसभाको आठौं अधिवेशनको पहिलो बैठक

काठमाडौं । राष्ट्रियसभाको आठौं अधिवेशनको पहिलो बैठक सुरु भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन आजबाट सुरु भएको हो ।

अधिवेशनमा विधेयकका साथै समितिका प्रतिवेदन तथा संवैधानिक निकायबाट आएका पत्रहरु प्रस्तुत हुने कार्यतालिका रहेको छ । यसैबीच, बैठकको सुरुमै गृह तथा अर्थमन्त्री विष्णु पौडेलले संवोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

मुलुकको तल्लो सदन प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा माथिल्लो सदनको अधिवेशन औपचारिकता र बाध्यतामै सीमित हुने विश्लेषण गरिएको छ ।

अघिल्लो पटक संसद विघटन गर्दा बेलाईएको राष्ट्रिय सभाको सातौं अधिवेशन पनि औपचारिकतामै सीमित भएको थियो । राष्ट्रिय सभामा हाल १९ वटा विधेयक रहेका छन् ।

कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर बैठकमा सहभागी हुने सदस्य, संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र समाचार संकलनका लागि जाने पत्रकारहरुको एन्टिजेन परिक्षण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);