काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अनौपचारिक रुपमा स्थायी कमिटी बैठक बोलाएको हो । बैठक मंगलबार दिउँसो बस्ने बताइएको छ ।
आजको बैठकमा बुधबार बस्न लागेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकका एजेन्डाका विषयमा छलफल हुने बताइएको छ ।
महाधिवेशन आयोजक कमिटीले एमालेलाई औपचारिक रुपमा २०७५ जेठ २ गते लैजाने निर्णय गर्ने तयारी गरेको छ । यसका साथै नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ ।
गत २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज गर्नकै निम्ति १६ असारमा बैठक बोलाइएको एमाले स्थायी कमिटीका एक सदस्यले बताएका छन् ।