मह जोडीको 'शत्रु गते' शुभ मुहुर्त, मुख्य भुमिकामा पल र आँचल | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८१, सोमबार

काठमाण्डौँ । सोमबार कमलादीस्थित गणेश मन्दिरमा फिल्म ‘शत्रु गते’को शुभ मुहुर्त गरिएको छ । मह सञ्चारको प्रस्तुतीमा कलाकार किरण केसीले निर्माण गरे शत्रु गतेलाई सफल फिल्म जात्राका निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् ।

पछिल्लो पुस्ताका नायक पल शाह र नायिका आँचल शर्मा मुख्य भुमिकामा रहेको ‘शत्रु गते’को युनिट छायांकनका लागि आजै वीरगञ्ज प्रस्थान गरेको छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल समेतको अभिनय रहनेछ ।

हरिवंश आचार्यको कथा रहने फिल्मलाई दीर्घ गुरुङले छायांकन गर्नेछन् भने कविराज गहतराजको नृत्य निर्देशन रहनेछ । चैत ९ गतेलाई रिलिज टार्गेट गरिएको फिल्ममा राजनराज सिवाकोटीको गीत संगीत रहनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);