प्रकृति संरक्षणमा मानव जाति एक हुन आवस्यक छः मुख्यमन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

प्रकृति संरक्षणमा मानव जाति एक हुन आवस्यक छः मुख्यमन्त्री पोखरेल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रकृति संरक्षणमा मानव जातिको उत्तरदायित्व हुने भन्दै इको सिस्टमलाइ सुरक्षित राख्नुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारी वृहत्तर वृक्षारोपण कार्यक्रमलाई संवोधन गर्दे मुख्यमन्त्री पोखरेलले प्राकृतिक संरक्षणमा मानव जातिको मात्र एकल उत्तरदायित्व भएको बताए ।

उनले स्वदेशमै काठजन्य पैदावर प्राप्त गर्न कठिनाई भैरहेको अवस्थामा बृक्षरोपनालाई थप ध्यान दिनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा पुर्वाधार मन्त्री सन्तोष पाण्डे, कृषि तथा मन्त्री विजय बहादुर यादव, पुर्वमन्त्री लिला गिरि, उद्योग वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्र केसी, प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारी, सुनवल नगरपालिकाका नगरप्रमुख भिम बहादुर थापा, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्माले सामुहिक रुपमा वृक्षारोपण गरेका थिए ।

मुख्यमन्त्री शंकर पोखरेलले वृक्षारोपण कार्यक्रममा सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरुलाई कदरपत्रबाट सम्मानित भएका थिए ।

Leave a Reply