अर्घाखाँची, ६ कात्तिक । सन्धिखर्क नगरपालिकाको जगातमा सोमबार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।
गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुँदै बुटवल जाँदै गरेको लु१च ६७६६ नं को जिप नरपानी जगातको ढाडखोला नजिकै दुर्घटना भएको छ।
घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । जिप सडकबाट करिब १०० मिटर तल खसेको छ । मृतक पुरुष रहेको र उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।