बागी उम्मेदवारी फिर्ता लिन एमालेले दियो अल्टिमेटम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, ६ कार्तिक । नेकपा एमालेले वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिने आफ्ना कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

एमाले–माओवादी केन्द्रबीच तालमेलबाट असन्तुष्ट आधा दर्जन बढी कार्यकर्ताले बागी उम्मेदवारी दिएपछि एमालेले गठबन्धनको मर्म र भावनाअनुरूप अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएको हो ।

एमाले पार्टी स्थायी कमिटीले नेता कार्यकर्तालाई धैर्य र संयमित रहन र पार्टीको निर्णय शिरोधार्य गर्न आग्रह गरेको थियो ।

बागी उमेदवारी दिनु गठबन्धनको मर्म विपरित मात्र नभई पार्टीको नीति विपरित भएको भन्दै निःशर्त उमेदवारी फिर्ता लिन एमालेले आग्रह गरेको छ । भोलीसम्म उम्मेदवारी फिर्ता नलिने उमेदवारहरूलाई पार्टीले कडा कारवाही गर्ने र भविष्यमा कुनै जिम्मेवारी नदिइने एमाले सचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);