एमालेलाई भोट नहाल्ने मुगु माओवादीको निर्णय, धरापमा पर्यो गठबन्धन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एमालेलाई भोट नहाल्ने मुगु माओवादीको निर्णय, धरापमा पर्यो गठबन्धन

मुगु, ६ कार्तिक । तीनै सिट नेकपा (एमाले) दिने केन्द्रमा बनेको सहमतिप्रति माओवादी केन्द्र मुगुले गम्भीर निर्णय गरेको छ। उम्मेदवारी दर्ताकै दिन बसेको माओवादी केन्द्रको जिल्ला कमिटी बैठकले एमालेसँग गरिएको तालमेल नमान्ने भन्दै अलगै उम्मेदवारी दर्ता गराएका छन्।

माओवादी केन्द्रले एमालेलाई भोट नहाल्ने निर्णय समेत गरेको छ। केन्द्रमा बनेको सहमतिअनुसार एमालेले संघ र प्रदेशमा उम्मेदवारी दर्ता गराएको थियो भने उक्त सहमतिलाई नमान्ने भन्दै माओवादी केन्द्रले पनि संघ र प्रदेशमा उम्मेदवारी दर्ता गराएको छ।

प्रतिनिधिसभाको लागि एमालेका गोपाल बमले उम्मेदवारी दर्ता गरेका छन् भने प्रदेश (क) दानसिंह परियार र प्रदेश (ख) चन्द्रबहादुर शाहीले उम्मेदवारी दर्ता गरेका छन्। त्यसैगरी माओवादी केन्द्रले पनि संघ र प्रदेश गरी तीनै क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ।

माकेका जिल्ला अध्यक्ष मंगलबहादुर शाहीले दिएको जानकारी अुनसरा प्रतिनिधिसभामा सुरबहादुर बुढालाई उम्मेदवार बनाएको छ भने प्रदेश (क) मा सन्तोष मल्ल र ९ख० मा मंगलबहादुर शाहीलाई उम्मेदवार बनाएको छ। जनयुद्धको क्रममा मुगुबाट ६४ जना सहिद भएका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);