काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने वा नगर्ने विषयमा निर्णय गर्न उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु आइतबार बैठक बस्दैछ ।
आइतबार अपरान्ह बस्न लागेको तीन सिडीओको बैठकले उपत्यकामा जारी निषेधाज्ञा थप हुने नहुने विषयमा निर्णय हुनेछ ।
कोरोना भाइरस संक्रमणलाई चेनब्रेक गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा गएको बैशाख १६गतेबाट निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता विभिन्न समयमा परिमार्जित गर्दै निषेधाज्ञा थप गर्दै आईरहेको छ । पछिल्लो पटक असार ८ गतेबाट स्मार्ट लकडाउनका रुपमा थप गरिएको निषेधाज्ञा असार १४ गते भोलि राति १२ बजे अन्त्य हुँदै छ ।
आज बस्ने बैठकले थप एक साताका लागि निषेधाज्ञा लम्ब्याउने तयारी गरेको बताइएको छ ।
पछिल्लो पटक असार ८ गतेबाट थपिएको निषेधाज्ञालाई खुकुलो बनाउँदै सबै किसीमका पसलहरु समय तोकेर बारअनुसार खोल्न दिइएको छ भने नीजि सवारी साधानहरुलाई जोरविजोर प्रणालीमा सञ्चालन गर्ने अनुमति दिइएको छ ।