नारायणकाजी र बाबुरामको प्रतिष्पर्धामा आयो बस, काटिएला कसको मत ? | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

काठमाण्डौँ, ६ कार्त्तिक । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै ‘हेभी वेट’का नेताहरुको निकै चर्चा भईरहेको छ ।

यसै अन्तर्गत गोरखा जिल्लाको क्षेत्र नम्बर- २ मा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीचको टक्कर झनै रोचक हुने देखिएको छ । वाम गठबन्धनबाट माओवादी केन्द्रका वरिष्ठ नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।

Narayankaji-shrestha
रिजवन अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टिका तर्फबाट आरके ढकालले गोरखा २ मा उम्मेदवारी दर्ता गराएसँगै नारायणकाजी र बाबुरामको चुनावी प्रतिष्पर्धामा अर्को चुनौती थपिएको छ ।

Baburam bhattrai

युवाहरु पुराना नेताको भर्याङ मात्र नभई राज्यको नेतृत्वका लागि युवा नै सक्रिय हुनुपर्ने भएकोले आफूले उम्मेदवारी दिएको नेता ढकालले बताएका छन् ।

RK Dhakal
वैकल्पिक शक्तिको निर्माण गर्ने परिकल्पनासहित गठन भएको नेपाल संघीय समाजवादी पार्टिमा माओवादीकै सक्रिय र इमान्दार धारका पूर्व कार्यकर्ता रहेका छन् । त्यसैले पनि माओवादीबाटै फुटेका बाबुराम र माअ‍ोवादीकै नारायणकाजीलाई माओवादीकै धारका रामकृष्णको उम्मेदवारी भारी पर्ने हो कि भन्ने आँकलन गर्न थालिएको छ ।

बस चुनाव चिह्न लिएर मैदानमा उत्रिएका आरके ढकाल भन्छन् – ‘युवालाई प्रोत्साहन गर्न पनि कडा र अब्बल प्रतिष्पर्धीहरुसँग भिड्ने हिम्मत गरेको हुँ ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);