नारायणकाजी र बाबुरामको उम्मेदवारीसँगै रोचक बन्दै गोरखा-२ को चुनाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाण्डौँ, ५ कार्त्तिक । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भईरहेको छ ।

यसै क्रममा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा सदस्यदका लागि गोरखा–२ बाट उम्मेदवारी गराएका छन् । उनले एमाले र माओवादी केन्द्रको साझा उम्मेदवारका रुपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउन एमाले र माओवादीका कार्यकर्ता बाजागाजासहित नारा जुलुस गर्दै निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
त्यस्तै नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पनि गोरखा–२ मै उम्मेदवारी दर्ता गराउने भएका छन् । गोरखा २ मा बाबुरामलाई कांग्रेसले सघाउने भएको छ ।

माओवादीबाटै फुटेका बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीचको चुनावी भिडन्त पनि रोचक हुने देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);