Our Network

असोज ११ २०७८, सोमबार

हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम

काठमाडौं । नेपालको लोकप्रिय एप हाम्रो पात्रोको व्यवस्थापकीय प्रमुखमा सुदिना गौतम नियुक्त भएकी छन् । बि।सं २०७० साल यता हाम्रो पात्रोमा प्रशासन विभाग प्रमुख रहेकी गौतमलाई कम्पनीको प्रबन्ध निर्देशकमा पदोन्नती गरिएको हो ।

हाम्रो पात्रोका लागि व्यवस्थापक तथा सम्पादक सुदिना गौतम नेपालस्थित एकमात्र आधिकारीक प्रतिनिधि एवम् सम्पर्क व्यक्ति रहेको जानकारीका लागि पनि प्रेस विज्ञप्ति जारी गरिएको हाम्रो पात्रोले जनाएको छ।

विज्ञप्ति भनिएको छ, ‘हाम्रा आधिकारीक सम्पर्क व्यक्तिबाट नै कार्यालयका सम्पूर्ण कामहरु हुने र त्यसैअनुसार सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं । साथै, हामीसँग आवद्ध समग्र साझेदार सञ्चार माध्यमहरुलाई हाम्रो पात्रोसँगको सम्झौता पुनः नवीकरणका लागि सम्पर्क गरिदिनुहुन समेत अनुरोध छ । हाम्रो पात्रो सम्पूर्ण सञ्चारमाध्यमसँग सदा झै निरन्तर सहयोगको अपेक्षा गर्दछ। ‘

साथै हाम्रो पात्रो एपलाई अझ बढी परिस्कृत, गतिशील र प्रयोगकर्ताका लागि रुचिकर फिचरहरु थप गर्दै लगिने प्रतिवद्धता समेत विज्ञप्ति जनाइएको छ ।

Leave a Reply