पुनर्निर्माण प्राधिकरणका सीईओ गोविन्द पोखरेलद्वारा राजीनामा | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

पुनर्निर्माण प्राधिकरणका सीईओ गोविन्द पोखरेलद्वारा राजीनामा

काठमाडौं, । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी (सीईओ) गोविन्दराज पोखरेलले राजीनामा दिएका छन्। हामीसँग कुराकानी गर्दै पोखरेलले शनिबार राजीनामा बुझाएको स्वीकार गरेका हुन्।

योजना आयोगको उपाध्यक्षसमेत रहेका पोखरेल पुनर्निर्माण प्राधिकरण गठन लगतै सीईओ बनेका थिए। तर तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनको ठाउँमा सुशील ज्ञवालीलाई सीईओ बनायो। उनले काम गर्न नसकेको भन्दै कांग्रेस र माओवादी गठबन्धन सरकारले ज्ञवालीलाई बर्खास्त गरेपछि पोखरेल पुन नयाँ सीईओ बनेका थिए।

पोखरेल आगामी प्रतिनिधि सभाको निर्वाचनमा प्युठानबाट चुनाव लड्ने तयारीमा छन्।