बाढी पहिरोबाट उद्दारका लागि सेनाद्वारा पूर्वाभ्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाढी पहिरोबाट उद्दारका लागि सेनाद्वारा पूर्वाभ्यास

जनकपुरधाम । बाढी पहिरोमा परी घाइते भएकाहरुलाई कसरी उद्धार गर्न सकिन्छ त्यसलाई मध्यनजर गर्दै सेनाले बुधबार धनुषाको जनकपुरधाममा पूर्वाभ्यास गरेको छ ।

जनकपुरधामको ठूलो धार्मिक पोखरी गंगासागरमा बाढी पहिरोमा परी घाइते भएकाहरुलाई कसरी सुरक्षित ठाउँमा ल्याउन, स्वास्थ्य उपचार गर्न र धनमाललाई जोगाउन सकिन्छ पूर्वाभ्यास गरेका हुन् ।

धनुषाको महेन्द्रनगर स्थित श्रीश्रीण क्याम्पका ५५ जना जवानले पहिरोमा परेका वा बाढीले बगाई रहेको अवस्थामा वोट, लाइफ ज्याकेट, थ्रीइन बैग, रस्सी लगायतको प्रयोग गरी बचाउन विधिको पूर्वाभ्यास गरेको हो ।

प्रदेश नं. २ सबभन्दा बाढी पहिरोको जोखिममा रहेकोले बाढी पहिरो आउनुुभन्दा अघि सेनाका जवानहरुले त्यो अभ्यास गर्न लागेका हुन ।

गणका महासेनानी पूर्ण प्रताप ढकालले धनुषाको कुनै पनि ठाउँमा बाढी पहिरो आएमा यी सेनाले सुरक्षा सामाग्री सहित पुग्ने विश्वास दिलाएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);