महानिरीक्षक खनालबाट छैठौं समूहको एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महानिरीक्षक खनालबाट छैठौं समूहको एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष उद्घाटन

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले स्टाफ कलेजमा संचालन हुने छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन गरेका छन् । बुधबार सशस्त्र प्रहरीको मुख्यालय हल्चोक स्वयम्भूमा एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले संगठनमा आवद्ध अधिकृतको नेतृत्वको क्षमता बिकाश गर्न र दक्ष जनशक्ति विकासमा गुणात्मक फड्को मार्ने उद्देश्यकासाथ सुरु गरिएको उक्त कोर्षले विभिन्न समयमा आईपर्न सक्ने सुरक्षा चुनौतीलाई समेत विश्लेषण गरेर योजनाबद्ध रुपमा व्यवसायिक कार्यसम्पादन गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले राष्ट्र र नागरिकले चाहे जस्तो सेवा प्रवाहमा उक्त कोर्ष गरेका अधिकृतहरुले कार्यक्षेत्रमा खटिई उल्लेख्य योगदान पु¥याउँदै आईरहेको समेत चर्चा गरेका छन्। उनले बर्तमान सरकारले ल्याएको ‘समृद्ध नेपाल सुखी नेपाली’को महान अभियान साकारपार्न सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा, शान्ति सुरक्षा, विपद् प्रकोप नागरिकहरुको सेवा, सुरक्षा र उद्वारकासाथै राष्ट्रियता र सार्वभौमसत्ताको रक्षामा अतूलनिय योगदान गर्दे आएको बताए ।

उनले शान्ति सुरक्षाको माध्यमबाट बिकासको वातावरण निर्माण गर्ने कार्यमा आफ्नो ठाउँबाट योगदान पु¥याई रहेको तथा त्यसका लागि संगठनलाई आजको यस उचाईसम्म पु¥याउन योगदान पु¥याउनुहुने संगठनका अग्रजहरुको योगदानको समेत स्मरण गराएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);