बालबालिकानै देशका भविष्य हुन् : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

बालबालिकानै देशका भविष्य हुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमता युक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउनसक्ने बताएका छन् ।

बुधबार राजधानीमा सम्पन्न नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले यस्तो बताएका हुन् ।

बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको उनको तर्क रेहको छ । यसका साथै त्यस्ता सँस्थाहरुले कहिले काहीँ आफ्नो उचाई विपरित संकिर्ण दायरामा आफूलाई प्रस्तुत गरेको समेत प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘यसका साथै विभिन्न ढंगले ब्यक्तिगत स्वार्थमा बालबालिकिालाई प्रयोग गर्ने काम समेत भए ’। ‘कहिँ रित पुर्याएर त कही गुपचुप ढंगले बालबालिकाको दुरुपयोग भयो आगामी दिनमा यस्ता कुरालाई सम्पूर्ण रुपले रोक्नुपर्छ । ‘

सन २०२१ भित्रै सबै नागरिकहरुलाई खोप लगाइने जानकारी दिँदै उहाँले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेरै गर्न सकिने धारणा पनि प्रधानमन्त्रीको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);