विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेटमाथि छलफल थालेको छ । सोमबार भएको छलफलमा सहभागी भएका प्रदेशसभा सदस्यहरुले कर्मचारीले बनाएको बजेट फजुल खर्चका लागि भएको बताएका छन् । नेकपा एमालेका सांसद राजेन्द्र राईले कर्मचारीले बनाएको बजेट फजुल खर्चमा केन्द्रित भएको बताएका हुन् ।
कर्मचारीले बनाएका कारण वास्तविकतामा आधारित नभएको सांसद राइको भनाई रहेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले राखेको आर्थिक वृद्धिदर लक्ष्य अहिलेको बजेटले नभेट्ने बताएका छन् ।
‘अर्थतन्त्र चलायमान बनाउने योजना बजेटमा छैन,’ पूर्व आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका आङ्बोले भने, ‘३२ अर्बको बजेटमा आधा पैसा चालु खर्चमा छ, संघीय सरकारलाई जितेर कसरी ६ प्रतिशत आर्थिक वृद्धिदर लेखिन्छ ?नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाले हालको बजेट विगतको बजेटसंग मिल्दाजुल्दा रहको बताएका छन् ।
बजेटमा राख्ने तर कार्यान्वयन नुहुने भन्दै उनले निद्रामा देखिएको सपना कार्यान्वयन नभएजस्तै प्रदेश सरकारको बजेट पनि कार्यान्वयनमा नआएको उनको तर्क रहेको थियो ।