काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल र त्यसको नेतृत्वमा आएको स्खलन भएको टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आइतबार ट्वीट गर्दै देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल र त्यसको नेतृत्वमा आएको स्खलन भएको टिप्पणी गरेका हुन् । उनले लेखेका छन्–‘‘भनिन्छ–टाउकाको ओखती नाइटामा लगाएर हुन्न, अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो ।
उनले सबै राजनीतिक दलले आफ्नो भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । कांग्रेस ‘कांग्रेस’नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु समाजवादी ‘समाजवादी’ नरहनु’’–उनले ट्वीटमा उल्लेख गरेका छन् ।
नेता भट्टराईले समय हुँदा अहिले नै आमूल रुपान्तरण गर्न वा नयाँ बनाउन लाग्नु पर्ने बताएका छन् । अहिले नै परिवर्तनका लागि आँट गरिएन भने समयले कसैलाई नपर्खिने उनले बताएका छन् । उनले लेखेका छन्–‘‘आमूल रुपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है ः’’