एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिकले बराबरी खेलेका छन् ।
क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी खेल्दै अंक बाडेको छ । हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १–१ गोलको बराबरी खेलेको हो ।
खेलको ३७ औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४७ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई हारबाट जोगाए ।
बराबरीसँगै समूह ’डी’ मा क्रोएसियाले २ खेलमा १ अंक जोडेको छ । चेक रिपब्लिकले २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।