जबर्जस्ती करणीका फरार १३ वर्षपछि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

जबर्जस्ती करणीका फरार १३ वर्षपछि पक्राउ

सप्तरी । जबर्जस्ती करणी गरी फरार रहेका ओम प्रकाश मुखिया १३ वर्षपछि पक्राउ परेका छन् ।

सप्तरी तिलाठी कोईलाडी गाउँपालीका ३ का जोगिन्द्र भनि बोलाउने ओम प्रकाश मुखियाले २०६४ अशोज ०९ गते साविक सप्तरी बर्साईन गा.वि.स.वडा नं. ४ मा रहेको घना बाँस घारीमा स्थानीय १० बर्षिय बालीका बीना कुमारी (परिवर्तित नाम) लाई गाई बस्तु चराउन गएको बेला कोही नभएको मौका छोपी सामुहिक जबरजस्ती करणी गरी बेहोस पारी घट्नास्थलबाट फरार रहेको मुद्धामा २०७५ असार ५ गत्ते जिल्ला अदालत सप्तरीको फैसला अनुसार जनही १३ वर्ष कैद ठहर भयकोमा हाल सम्म फरार रहेको मुखियालाई गत बिहीबार विहान घर निजकै बाट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका मुखियालाई बिहिबार जिल्ला अदालत सप्तरीमा उपस्थित गराई अदालतबाट कैद भुक्तानको लागी कारागार पठाएको र यस घटनाका अन्य फरार रहेको अपराधीहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Leave a Reply