नेकपा एमालेका माधव नेपाल समूहले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरेको छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेकपा एमालेका माधव नेपाल समूहले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरेको छ

काठमाडाैं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरेको छ । बिहीबार भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक बसेर खनालको स्वास्थ्यलाभको कामना गरिएको हो । खनालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि दिल्ली लगिएको छ ।

नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले संयुक्त वक्तव्य जारी गरेर खनालको स्वास्थ्यलाभको कामना गरेका छन् । बैठकले स्थायी कमिटी सदस्य रघुजी पन्तको स्वास्थ्यलाभको कामना गर्ने निर्णय पनि गरेको छ । पन्त काठमाडौंमै उपचारत हुनुहन्छ छन् ।

नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठकले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारमा समवेदना प्रकट गरेको छ । प्रकोपमा परेकाहरुको उद्धार र पुनस्र्थापनामा ध्यान दिन सरकारलाई आग्रहसमेत गरेको छ । यस्तै प्रकोपमा परेकाहरुको उद्धारमा खटिन कार्यकर्ता पंक्तिलाई निर्देशन पनि दिइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);