असिम पौडेल,
कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भोलि विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसका नेता तथा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन मंगलबार नै संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् ।
नेपाली संविधानको १६८ (५) अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् । आगामी एक महिनासम्ममा विश्वासको मत लिनुपर्ने भए पनि नेपालीले तत्कालै विश्वासको मत लिएर आफू सुरक्षित हुन चाहेका छन् ।
मन्त्रालय भागवण्डामा किचलो हुन सक्ने र गठवन्धन टुट्न सक्ने देखिएपछि उनले विश्वासको मत लिएर मात्र मन्त्रालय भागवण्डा गर्ने तयारी गरेका छन् ।