विषाक्त मदिरा सेवनबाट सर्लाहीमा ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

विषाक्त मदिरा सेवनबाट सर्लाहीमा ८ जनाको मृत्यु

madira

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका ५ पडरियामा आठ जनाको मृत्यु भएको छ ।नेपाल भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो ।

उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको प्रहरीेले जानकारी दिएको छ ।मृत्यु हुनेमा पडरियाका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास तथा भारत उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसाद रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताएका छन् ।

मृतक तीनै जना भारतीय नागरिक भएको प्रहरीको दाबी रहेको छ । मदिरा सेवन गरेका थप तीन जना स्थानीयवासी बिरामी परेका छन् । उनीहरु उपचारपछि निको भएर घर फर्किएको अस्पतालको भनाई रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);